दफा ९०
चेकको भुक्तानी प्राप्त गरिदिने बैङ्क उत्तरदायी नहुने
लापरवाही नगरी असल नियतले बैङ्कले ग्राहकको लागि कुनै रेखाङ्कित चेकको भुक्तानी लिई दिएमा पछि त्यस्तो चेकमा ग्राहकको हक नभएको भन्ने प्रमाणित हुन आए तापनि भुक्तानी लिई दिएको नाताले मात्र बैङ्क सो चेकको खास धनीप्रति उत्तरदायी हुनेछैन ।